स्वास्थ्य / शिक्षा

पछिल्लो परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको कूल संख्या १०४२ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०४२ पुगेको जानकारी बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।...

बाहिरि जिल्लाबाट भरतपुरमा क्यान्सरको उपचारका लागि आएका बिरामी र कुरुवाको बिचल्ली
-न्युजभित्तो

नारायण अधिकारी चितवन । यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ । अस्पतालको...

कोरोना संक्रमितको संख्या ८८६ पुग्यो, आज एकै दिन ११४ जनामा संक्रमण
-न्युजभित्तो

चितवन । नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार एकै दिन ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या बढेको हो। बुधबार सबैभन्दा धेरै रौतहट, दाङलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । एकैदिन यति...

संक्रमितको संख्या ५०७ पुग्यो, डडेलधुरा र वैतडीमा पनि संक्रमण देखियो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ ।...

दिल्लीबाट एम्बुलेन्स फेर्दै आएका थिए चितवनका संक्रमित, घरमै क्वारेन्टाइनमा बसेका थिए
-न्युजभित्तो

गीतानगर (चितवन) । चितवनको गीतानगरमा भेटिएका दुई जना संक्रमित भारतको दिल्लीबाट दुई वटा एम्बुलेन्स प्रयोग गर्दै नेपाल आएको पाईएको छ । दिल्लीबाट नेपालको सीमा कृष्णनगरसम्म एउटा एम्बुलेन्स र त्यहाँबाट अर्काे एम्बुलेन्समा उनीहरु आएका हुन् । भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख...

चितवनकी कोरोना संक्रमित ६३ वर्षिया महिला अस्पतालबाट डिस्चार्ज
-न्युजभित्तो

भरतपुर । भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षिया कोरोना संक्रमित महिला बुधबार डिस्चार्ज भएकी छन् । राप्ती नगरपालिका वडा नं. ८ निवासी उनीको स्वाब टेष्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । संक्रमित महिलासंगै संक्रमित छोरा पनि सँगै एम्बुलेन्स चढेर घर फर्किएका...

मङ्गलबार ८३ जनामा कोरोना पुष्टि, पर्साका मात्रै ५७ जना, सङ्क्रमित सङ्ख्या २१७ पुग्यो
"पर्सामा सङ्क्रमित हुनेमध्ये दुई जना पत्रकार पनि "
-न्युजभित्तो

काठमाडौँ । मङ्गलबार एकै दिन ८३ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकैदिन २४ सङ्क्रमित थपिए, कूल सङ्क्रमित १३४
-न्युजभित्तो

काठमाडौँ । नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक...

एक लाख थान आरडिटी किट आइपुग्यो, परीक्षणलाई तीव्रता दिइयो
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरडिटी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो । स्वास्थ्य सेवा विभागले उक्त...

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त
-न्युजभित्तो

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त हुनु भएको छ । क्यान्सर अस्पतालको बोर्ड बैठकले उहाँलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । गौतमको कार्यकाल तीन वर्षको हुनेछ । डा. गौतम अस्पतालका नाक, कान,...