सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक


  •    न्युजभित्तो/८ मंसिर २०८३, सोमबार १३:५४ 
  • गोरखा, ७ मंसिर । गोरखाको धार्मिक तथा पर्यटकीय क्षेत्र मनकामनामा सञ्चालित सुविधासम्पन्न लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्टले सञ्चालनको एक वर्ष पूरा गरेको छ । चितवन को–इ समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा स्वामित्व तथा सञ्चालित रिसोर्टले पहिलो वर्षको सफल सञ्चालन पूरा गर्दै मंसिर ८ गतेदेखि  दोस्रो वर्षमा प्रवेश गरेको हो ।

    मनकामनामा पहिलो लक्जरी रिसोर्टका रूपमा स्थापित हिलक्रेस्टले धार्मिक पर्यटनलाई आतिथ्य, आरामदायी बसाइ र स्तरीय सेवासँग जोड्दै मनकामनालाई तीर्थाटनका अतिरिक्त आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । रिसोर्ट व्यवस्थापनले पहिलो वर्षको सञ्चालन अनुभव सन्तोषजनक र उत्साहजनक रहेको जनाएको छ ।

    मनकामना दर्शनका लागि आउने धार्मिक पर्यटकलाई सुविधासम्पन्न आवासीय सेवा उपलब्ध गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई मनकामनामा केही दिन बिताउन आकर्षित गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित मनकामनालाई पर्यटकीय गन्तव्यका रूपमा समेत विस्तार गर्न रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    चितवन को–इ समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनाअनुसार रिसोर्ट निर्माण गरिएको हो । निर्धारित समयभन्दा केही ढिलो गरी सञ्चालनमा आए पनि संस्थापक श्रेष्ठप्रतिको सम्मान र उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले रिसोर्टको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालनमा आएको मितिसँगै मिलाएर गरिएको व्यवस्थापनले जनाएको छ ।

    स्वर्गीय श्रेष्ठको दूरदर्शी सोचअनुसार अघि बढाइएको यस परियोजनालाई आगामी दिनमा थप व्यवस्थित, गुणस्तरीय र आकर्षक बनाउने प्रतिबद्धता रिसोर्ट परिवारले व्यक्त गरेको छ । उहाँले देख्नुभएको मनकामनाको पर्यटन विकाससम्बन्धी सपना साकार पार्न आफूहरू निरन्तर क्रियाशील रहने व्यवस्थापनको भनाइ छ ।

    रिसोर्टले पहिलो वर्षको सञ्चालनका क्रममा साथ, सहयोग र सुझाव प्रदान गर्ने पाहुनाहरूप्रति आभार व्यक्त गरेको छ । पाहुनाबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै सेवा, गुणस्तर र आतिथ्य सत्कारमा थप सुधार गर्दै जाने रिसोर्टको योजना छ ।

    त्यसैगरी, रिसोर्टको दैनिक सञ्चालन तथा विकासमा योगदान पुर्‍याउने कर्मचारी टोली, स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालयलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति व्यवस्थापनले धन्यवाद व्यक्त गरेको छ ।

    पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा साझेदार ट्राभल एजेन्सी तथा पर्यटन र आतिथ्य क्षेत्रका सरोकारवालाको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै रिसोर्टले आगामी दिनमा पनि उनीहरूसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

    मनकामना क्षेत्र धार्मिक आस्थाका कारण वर्षौंदेखि पर्यटक तथा दर्शनार्थीको आकर्षणको केन्द्र रहँदै आएको छ । मनकामना केबलकारको सुविधाले यहाँको आवागमन सहज बनाएको छ । तर, यस क्षेत्रलाई धार्मिक दर्शनमा मात्र सीमित नराखी प्रकृति, आरामदायी बसाइ र पर्यटन गतिविधिका लागि समेत आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको छ ।

    यही सम्भावनालाई उपयोग गर्दै मनकामना हिलक्रेस्ट रिसोर्टले आगामी वर्षहरूमा थप स्तरीय सेवा तथा पर्यटन गतिविधि विस्तार गर्ने लक्ष्य लिएको छ । मनकामनालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा आफ्नो योगदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत रिसोर्टले व्यक्त गरेको छ ।

    पहिलो वर्षको अनुभव र पाहुनाबाट प्राप्त प्रतिक्रियालाई आधार बनाएर दोस्रो वर्षमा सेवा तथा सुविधाको गुणस्तर अभिवृद्धि गर्ने रिसोर्टको योजना छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.