दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
न्युजभित्तो/९ मंसिर २०८३, मंगलवार १०:१६
काठमाडौं, ८ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशलाई उपाधि दिलाउने लक्ष्यसहित प्रदेश सरकारले खेलाडीको छनोट, प्रशिक्षण र तयारीलाई तीव्रता दिएको छ। यसैक्रममा बागमती प्रदेशका स्वास्थ्य, सामाजिक तथा खेलकुदमन्त्री गिरबहादुर तामाङ खेलाडीको हौसला बढाउन प्रतियोगितास्थलमै पुग्नुभएको छ।
राजधानीस्थित दशरथ रंगशालामा सञ्चालन भइरहेको प्रदेशस्तरीय एथलेटिक्स छनोटअन्तर्गत १०० मिटर र ५ हजार मिटर दौड प्रतियोगिताको अवलोकन गर्दै मन्त्री तामाङले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको हो।
राष्ट्रिय प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले आयोजित प्रतिस्पर्धामा खेलाडीहरूले आफ्नो गति, क्षमता र खेल कौशल प्रदर्शन गरेका थिए। खेलाडीको प्रदर्शन अवलोकन गर्दै मन्त्री तामाङले विजयी खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको थियो।
मन्त्री तामाङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले सबै खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयो। त्यसका लागि खेलाडीको मेहनत, अनुशासन र प्रतिभालाई प्रदेशको खेलकुद विकासको मुख्य आधार बनाउनुपर्ने उहाँको भनाइ थियो।
‘सबै विधामा बागमती प्रदेशले उपाधि हासिल गर्नुपर्छ। त्यसका लागि म र मन्त्रालयको सम्पूर्ण टिम खेलाडीसँगै छौँ,’ मन्त्री तामाङले भन्नुभयो। उहाँले खेलकुदलाई पदक जित्ने प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक, अनुशासित समाज र राष्ट्र निर्माणसँग जोडेर हेर्नुपर्ने बताउनुभयो। खेलाडी छनोटमा पहुँच र भनसुनभन्दा प्रतिभा, क्षमता र प्रदर्शनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो।
मन्त्री तामाङले खेलाडीको प्रतिभा पहिचानसँगै उनीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, आवश्यक खेल सामग्रीको उपलब्धता र खेल पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। खेलाडीले प्रतियोगिताको समयमा मात्रै नभई वर्षभरि अभ्यास र प्रशिक्षणको अवसर पाउनुपर्ने उहाँको धारणा थियो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशको पहिचान स्थापित गर्न खेलाडी, प्रशिक्षक, खेल संघ र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
मन्त्री तामाङले प्रतियोगितास्थलमै पुगेर खेलाडीलाई पुरस्कार वितरण तथा हौसला प्रदान गर्नुभएको उहाँका मुख्य राजनीतिक सल्लाहकार राजु भण्डारीले जानकारी दिनुभयो।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशले विभिन्न खेल विधामा खेलाडी छनोट गरिरहेको छ। प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको भण्डारीले बताउनुभयो।
यसअघि नै बागमती प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिसकेको छ। प्रदेश सरकारले खेलाडीलाई छनोटदेखि प्रशिक्षण र प्रतियोगितामा सहभागितासम्म आवश्यक सहयोग उपलब्ध गराउँदै राष्ट्रिय खेलकुदमा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्य राखेको छ।