सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आईसियूमा उपचाररत कोरोना संक्रमित बिरामी सार्ने नारायणी सामुदायिकलाई चितवन प्रशासनको स्पष्टिकरण


  •    न्युजभित्तो/२८ जेष्ठ २०७७, बुधबार १७:२६ 
  • चितवन । आईसियूमा उपचाररत कोरोना संक्रमित बिरामीलाई जबरजस्ती अस्पताल सार्ने भरतपुरको नारायणी सामुदायिक हस्पिटललाई जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टिकरण सोधेको छ । कोरोना संक्रमित एक पुरुषको मृत्यु भएपछि सुरुवाती चरणमा उपचार गरेको नारायणी सामुदायिक हस्पिटललाई प्रशासनले स्पष्टिकरण सोधेको हो ।

    भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलको आइसीयूमा उपचाररत भरतपुर–११ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई तत्कालै सामान्य अक्सिनको भरमा कसैको अनुमति नलिई अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार दिउँसो ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै चितवन प्रशासन र चिकित्सकहरुले ती बिरामीलाई तत्कालै अन्यत्र नसार्न आग्रह गरेका थिए । तर नारायणी सामुदायिकले जबरजस्ती ती बिरामीलाई आइसीयूबाट निकालेर भरतपुर अस्पताल पठाएपछि उनको मंगलबार विहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको थियो ।

    चितवन प्रशासन र भरतपुर अस्पतालले आफूहरुको अनुमति बिना नै बिरामीलाई सारेको भन्दै आपत्ति जनाएका थिए । सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टिकरण सोधेको हो । मंगलबार नै अस्पताललाई पत्र काटेर स्पष्टिकरण सोधेको प्रशासनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.