सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर, कालिका र गैंडाकोटमा गरी थप चार जनामा कोरोना संक्रमण पुष्टि


  •    न्युजभित्तो/२८ जेष्ठ २०७७, बुधबार ०९:०६ 
  • चितवन । चितवनका भरतपुर र कालिकामा दुई र गैंडाकोटमा दुई गरी थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ बस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु क्वारेन्टिनमा बस्दै आएका थिए ।

    यस्तै भरतपुरमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको गैंडाकोटका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये गैंडाकोटा नगरपालिका–१३ का १३ वर्षीय पुरुष र वडा नं.१४ का २६ वर्षीय पुरुष रहेका छन् ।

    यसअघि सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको भने हिजो नै मृत्यु भइसकेको छ ।

    पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । संख्या बढेसँगै संक्रमण फैलिने आशंकामा प्रशासनले कडाई गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.