एसईई नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने
न्युजभित्तो/२९ जेष्ठ २०७७, बिहीबार ०६:३२
काठमाडौं । लिने एसईई परीक्षा नगर्ने सरकारले निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगेको प्रस्ताव माथि बुधबारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेसँगै यस बर्ष एसईई परीक्षा नहुने भएको हो । कोरोनाको जोखिम न्यूनिकरण गर्न स्थगित गरिएको उक्त परीक्षा नगर्ने बारेमा मन्त्रीपरिषद्ले सैद्धान्तिक निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभएको छ ।
अवस्था झन् प्रतिकुल हुँदै गएको, शिक्षाका सरोकारवालाहरुबाट पनि परीक्षा नगर्दा हुन्छ भन्ने सुझाव आएको र लामो समयसम्म विद्यार्थी अभिभावकलाई अन्योलमा राख्न उचित नहुने भन्दै मन्त्री पोखरेलले प्रस्ताव लैजानु भएको थियो । उक्त निर्णय प्रमाणित भएर आए पछि आवश्यक कार्यविधि बनाईने र विद्यार्थीको मूल्यांकनको विधि तय गरिने जनाईएको छ । यो काम परीक्षा बोर्डले गर्ने छ । कक्षा ११ र १२ का सन्दर्भमा भने कुनै निर्णय गरिएको छैन ।
विद्यालयबाट यस अघि हुँदै आएको मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणिकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो । विद्यालयले यस अघि नै गरेको मूल्याँकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणिकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।
शैक्षिक सत्रका बारेमा के गर्ने भन्ने विषय लकडाउनको मोडालिटिमा भर पर्ने तथा कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय मन्त्रीपरिषद्ले नगरेको हुँदा बोर्ड मार्फत् आफैंले गर्न सकिने मन्त्रालयको बुझाई छ । कोरोना भाईरसको जोखिमका कारण परीक्षा आउन १२ घण्टा पनि बाँकी नहुँदा गत चैत ५ गते सरकारले स्थगित गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै चैत ११ गतेबाट जारी लकडाउनका कारण अवस्था असहज भए पछि परीक्षा हुने नहुने अन्योलले विद्यार्थी अभिभावक मारमा परेका थिए ।