थप २७९ कोरोना सङ्क्रमित, कुल सङ्ख्या ४ हजार ३६४ पुग्यो
न्युजभित्तो/२८ जेष्ठ २०७७, बुधबार १७:०७
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लो नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएका हुन् ।
थपिएका सङ्क्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । त्यसैगरी, बुधबार थप ९० डिस्चार्ज भएकाले कुल निको हुनेको सङ्ख्या ६७४ पुगेको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । आइसोलेसनमा तीन हजार ६७५, क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एक लाख १० हजार ७४४ पुगेको छ ।