चितवन सेरोफेरो
नारायण अधिकारी चितवन, १४ असोज । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न सङ्घीय सरकारसँग समेत समन्वय गरेर काम गरेको...
चितवन, ११ असोज । प्रतिकूल मौसमका कारण स्थगित गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तहको नयाँ विद्यार्थी भर्ना कार्यक्रम असोज १५ र १६ गते सञ्चालन हुने भएको छ। विश्वविद्यालयले यसअघि असोज ९ र १२ गतेका लागि तय गरेको...
चितवन, १० असोज । ठूला राजनीतिक दलका महाधिवेशन, महासमिति बैठक तथा राष्ट्रियस्तरका कार्यक्रम हुँदा ठूलो संख्यामा सहभागीलाई खाना व्यवस्थापन गर्ने जिम्मेवारी पाउने व्यवसायीमध्ये जनप्रकाश चापागाई पनि एक हुनुहुन्छ । होटल तथा क्याटरिङ व्यवसायमा लामो समयको अनुभवसँगै नेपाली कांग्रेसको राजनीतिमा...
भरतपुर, ८ असोज । हुण्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यू’ चितवनको बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आज भरतपुरस्थित हुण्डाई सोरुममा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । नयाँ भेन्यूमा आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र उत्कृष्ट प्रदर्शनको संयोजन...
नारायणगढ (चितवन), ६ असोज । बरन्डाभार जैविक मार्गको जीवनरेखा मानिने खगेरी खोलामा बढ्दो अतिक्रमण, फोहर व्यवस्थापनको समस्या र अव्यवस्थित उत्खननका कारण यसको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि डिभिजन वन कार्यालय चितवन संरक्षण अभियानमा सक्रिय भएको छ । बरन्डाभार क्षेत्र हुँदै...
चितवन, ४ असोज । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले समाजमा रहेका हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्न सके स्वर्णिम समाज निर्माण हुन धेरै समय नलाग्ने बताउनु भएको छ...
चितवन, ३ असोज । कृषि तथा वन विज्ञान विश्व विद्यालयमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको संख्या बढेको हो । विश्वविद्यालयले कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान...
चितवन, २ असोज । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको...
चितवन, २ असोज । जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका...
चितवन, १ असोज । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहरदोहर गर्ने गरेका...














