सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ


  •    न्युजभित्तो/९ मंसिर २०८३, मंगलवार १४:३६ 
  • हेटौँडा, ८ मङ्सिर । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि तथा अभिमुखीकरणका क्षेत्रमा नेपाल अपाङ्ग महासङ्घले गर्दै आएका कार्यको प्रशंसा गर्नुभएको छ ।

    नेपाल अपाङ्ग महासङ्घको आयोजनामा आज मकवानपुरको हेटौँडामा आयोजित अपाङ्गता भएका व्यक्तिका संस्था तथा सरोकारवालाबीचको एकदिने प्रदेशस्तरीय सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताउनुभएको हो ।

    उहाँले अपाङ्गता भएका व्यक्तिको क्षमता विकास, सशक्तीकरण तथा उनीहरूको अधिकार सुनिश्चितताका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो ।

    कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका संस्था तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्राप्त उपलब्धि, कार्यानुभव तथा सिकाइ आदानप्रदान गरिएको थियो । साथै अपाङ्गता भएका व्यक्तिको हकहित, क्षमता अभिवृद्धि र सामाजिक सहभागिता बढाउने विषयमा छलफल गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    • गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.