राष्ट्रिय
काठमाडौँ, १२ असोज । प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको पहिरोबाट मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पु¥याएकाले तत्काल मर्मत गरी सडक यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बाढीले...
प्रकाश सिलवाल / भीष्मराज ओझा काठमाडौँ, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज भएको सम्बोधन जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत भएको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया रहेको छ । प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई...
काठमाडौँ, ९ असोज । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताउनुभएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले...
गण्डकी, ८ असोज । अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने...
चितवन, ७ असोज । चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए । पूर्वी...
काठमाडौँ, ७ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन । जापानको...
न्यूयोर्क, ५ असोज । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं...
दमौली , ५ असोज । तनहुँमा पहिलोपटक कालीगण्डकी करिडोरकेन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षितगरी सञ्चालन गरेको कार्यक्रममार्फत पशुपालक किसानको...
दमौली, ५ असोज । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत जिल्लामा पर्ने...
सनम सुवाल बनेपा (काभ्रे), ४ असोज । धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी २७२ दशमलव ५...
















