सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना अस्पतालमा दुई महिनापछि चोरीको किटानी जाहेरी


  •    न्युजभित्तो/२७ जेष्ठ २०७७, मंगलवार १८:०८ 
  • चितवन । भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा चोरी भएको दुई महिनापछि किटानी जाहेरी परेको छ । भरतपुुर महानगरपालिकाको अगुवाईमा स्थापना गरिएको उक्त अस्पतालमा अनियमितता र चोरीको बिषयमा मंगलबार प्रहरीमा जाहेरी दर्ता भएको हो ।

    भरतपुर महानगरपालिकाका उपप्रमुख सहित केही वडाका वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन जना वडा अध्यक्षले किटानी जाहेरी सहित उजुरी दर्ता गरेका हुन । अस्पतालमा भएको चोरीको विषयमा निस्पक्ष छानविन गर्न महानगरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचिन जनप्रतिनिधिहरुले महानगर प्रमुख रेनु दाहालसँग माग गर्दै आएका थिए ।

    गत चैतको अन्तिम हप्ता नै भएको उक्त घटनाको सिसिटिभि फूटेज वाहिरिए पछि उनीहरु माथि कारवाहीको माग जनप्रतिनिधिहरुले गर्दै आएका थिए । फूटेजमा महानगरका लेखा अधिकृत फडिन्द्र खनाल र स्वास्थ्य शाखाका कर्मचारी सूर्य तिवारी सहित भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल देखिएका छन् । स्टोरबाट सामान लगेको आरोप उनीहरुलाई लागेको छ ।

    फूटेज बाहिरीएपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । आफुहरुको माग सुनुवाई नभएको भन्दै जनप्रतिनिधिहरुका तर्फबाट वडा अध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामुहिक रुपमा उजुरी दर्ता गराउनु भएको हो ।

    उजुरी लिएर आईतबार वडा अध्यक्षहरु प्रहरी कार्यालय पुगेपनि उक्त दिन उजुरी दर्ता नभएपछि मंगलबार दर्ता गरिएको हो । घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि अनुसन्धान गरिरहेको जनाए पनि कुनै कारवाही प्रक्रिया अगाडि बढाईएको छैन ।

    घटना लगत्तै महानगरको नेतृत्वमा सञ्चालित अस्पताललाई भरतपुर अस्पतालको जिम्मा लगाईएको थियो । त्यस यता कोरोना अस्पताल भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.