गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
न्युजभित्तो/८ मंसिर २०८३, सोमबार १३:२८
चितवन, ७ मङ्सिर । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा सोमबार नारायणगढमा आयोजित रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा १३ जना महिला रहेका छन् ।
बैंकको क्षेत्रीय कार्यालयसमेत रहेको नारायणगढ शाखामा आयोजित कार्यक्रमको शुभारम्भ बैंकका शेयरधनी एवं समाजसेवी सिद्धकुमार श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा श्रेष्ठले रगतको अभाव परिपूर्ति गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रक्तदातालाई बैंकका रिजनल हेड कुमार गुरुङले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा उत्साहपूर्वक सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नारायणगढ शाखाका प्रबन्धक तोया अधिकारीका अनुसार बैंकले विगत सात वर्षदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा नारायणगढसहित नौ स्थानमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत वर्षको कार्यक्रममा ७८ जनाले रक्तदान गरेका थिए ।