समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
न्युजभित्तो/९ मंसिर २०८३, मंगलवार १०:३२
रसुवा, ८ मंसिर । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनिमा रहेको श्री वच्छला देवि आधारभूत विद्यालयका छात्र छात्रालाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामाग्री वितरण गरिएको छ । भरतपुरका समाजसेवी एवं राजनीतिज्ञ बिनोद ढकालको पहलमा सोमबार विद्यालयमा पुगेर ८५ जना छात्रा छात्रालाई ती सामाग्री तितरण गरिएको हो ।
सो अवसरमा ढकाल सहितले छात्रछात्रालाई ती सामाग्री बाढ्नु भएको थियो । भोटेकोशी बाढीपछि त्यहाँका विद्यार्थीहरु प्रभावित भएको भन्दै स्थानीयले आग्रह गरेपछि सहयोग जुटाएर वितरण गरिएको ढकालले जानकारी दिनुभयो ।
उहाँकै पहलमा यस अघि दशैंमा कालिका नगरपालिकाको चेपाङ् बस्ती र भरतपुरका बिपन्न बस्तिमा खाद्यान्न तितरण गरिएको थियो । केही दिन अघि उहाँले माडीमा बिपन्न बस्तिमा पुगेर ५ परिवारलाई आयआर्जनका लागि बाख्राका पाठा तितरण गर्नुभएको थियो ।
सहाराविहिन मानवकालागि साहारा बन्दै आउनुभएका ढकालले भरतपुर ९ मा चितवन मानव सेवा आश्रमको नेतृत्व गर्दै आउनु भएको छ । आश्रममा महिला र पुरुष गरी ४५ जनालाई हाल सेवा दिंदै आउनु भएको छ । विगत १३ वर्षदेखि सडक मानवको ढकाल सारथी बन्दै आउनु भएको छ ।
ढकाल यससँगै नेपाल रेडक्रस सोसाइटीमा पनि सक्रिय हुनुहुन्छ । जसले सामाजिक कर्ममा लाग्न उहाँलाई प्रेरित गरेको छ । यससँगै ढकालले नेतृत्व गरेको सृजनशील नेपाल नामक संस्था मार्फत् छोरीलाई शिक्षा कार्यक्रम उहाँले नै सञ्चालन गर्दै आउनु भएको छ । हाल यही कार्यक्रम अन्तर्गत १५ जना छोरीहरुले निःशुल्क पढ्दै आएका छन् । उनीहरुलाई सरकारी विद्यालयमा पोशाक, पाठ्यसामग्री सहित आवश्यक पर्ने सम्पूर्ण सामग्री र शुल्क उपलब्ध गराउँदै आउनु भएको छ ।