स्वास्थ्य / शिक्षा

चितवन: घरमै सुत्केरी हुँदा चेपाङ महिलाको मृत्यु
-न्युजभित्तो

चितवन,१९ चैत। चितवन जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ।  शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए। “दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य...

भरतपुरमा न्याम्सको आङ्गिक शिक्षण अस्पताल हुने
-न्युजभित्तो

चितवन,१५ चैत । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल...

नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौँ,१० चैत्र। नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष...

स्वास्थ्य मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटायो
-न्युजभित्तो

काठमाडौं,३० फाल्गुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटाएको छ। मन्त्रालय अन्तर्गतको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो। मन्त्रालयले मंगलबार सार्वजनिक सूचना प्रकाशन गरी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौं तहका...

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित
-न्युजभित्तो

सुदूरपश्चिम,२८ फाल्गुन। पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ...

चितवनमै सफल भयो जन्मदै मुटुमा समस्या भएका एक शिशुको जटिल शल्यक्रिया
-न्युजभित्तो

चितवन,१६ फागुन।  नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो...

अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
-न्युजभित्तो

भरतपुर, ५ फागुन । भरतपुर महानगरपालिका वडा नं. १०, हाकिमचोकमा रहेको अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । स्कूलले बिहीबार विशेष कार्यक्रम गरी दिवस मनाएको हो । कार्यक्रमको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि...

भरतपुर अस्पतालमा सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दो
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २ फागुन। भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो । एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन...

माडीको जनजीवन नमुना माविको ५६ औँ वार्षिकोत्सव सम्पन्न
-न्युजभित्तो

माडी, २ फागुन। जनजीवन नमूना माध्यमिक विद्यालय माडी ८ चितवनको ५६ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह सोमबार विद्यालयमा सम्पन्न भएको छ । वार्षिकोत्सवको समारोहको उद्घाटन गर्दै वाग्मती प्रदेशका माननीय सदस्य एवम् माडी नगरपालिकाका निवर्तमान नगर प्रमुख ठाकुरप्रसाद ढकालले समग्र...

होली भिजन पब्लिक स्कुलको ३२ औं वार्षिकोत्सव सम्पन्न
-न्युजभित्तो

भरतपुर, २ फागुन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस हालै सम्पन्न भएको छ । एक समारोहबीच वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय...