सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेटको स्क्यान गर्ने उपकरण खरिदका लागि सचिव पोखरेलको निर्देशन


  •    न्युजभित्तो/१९ भाद्र २०८०, मंगलवार १६:१८ 
  • नारायणगढ, चितवन,१९ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् ।

    क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण र साइक्लोटोन उत्पादन गर्ने उपकरण यसै वर्ष खरिदका लागि प्रक्रिया अघि बढाउन उहाँले अस्पलालाई निर्देशन दिएका हुन् ।

    उक्त अस्पतालको आज निरीक्षणपछि आयोजित परिचयात्मक तथा छलफल कार्यक्रममा सचिव पोखरेलले हाल यस अस्पतालले पूर्णता पाएको अवस्थामा पनि क्यान्सरको उपचारका लागि अति आवश्यक यी दुई उपकरण खरिद गर्न नसके कहिले हुने भन्ने प्रश्न गरे ।

    उनले भने, “जसरी हुन्छ प्रक्रिया पूरा गरेर आउनुहोस् अनि खरिदका लागि पैसा लैजानुहोस् । हाम्रो खातामा हामी पैसा राख्न चाहँदैनौँ”, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल देशकै महत्वपूर्ण भएको चर्चा गर्दै सचिव पोखरेलले भने, “जसरी हामीले यहाँको भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा खर्च गरेका छौँ त्यसको आउटपुट देखिन्छ ।”

    उक्त अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आफ्नो क्षमताले भ्याएसम्म अस्पतालको हितमा काम गर्ने बताए ।

    त्यसैगरी अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले अस्पतालले हाल पूर्णता पाएको अवस्थामा अब काम गरेर देखाउने दिन आएको छ भन्नुभयो । अस्पतालमा आजको आवश्यकता भनेको पेटको स्क्यान उपकरण रहेकाले सबै मिलेर खरिदका लागि पहल गर्न उनले आग्रह गरे ।

    आज कैयौँ बिरामी यसको अभावमा महङ्गो पैसा तिरेर बाहिर उपचार गर्न बाध्य भएको अवस्थामा उक्त उपकरण ल्याउन सके चितवनमात्र नभएर देशकै गौरवको विषय बन्ने अध्यक्ष न्यौपानेको भनाइ थियो ।

    त्यस अवसरमा क्यान्सर अस्पतालका विभागीय प्रमुख,महाशाखा प्रमुख र चिनिया मेडिकल टोलीको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.