सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना


  •    न्युजभित्तो/३१ श्रावण २०८०, बुधबार १२:४२ 
  • काठमाडौँ,३१ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी आज कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

    आफू आज अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जिजीविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शय्यामा केही समयमा ।’

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको छ ।

    गत फागुन ३ गते बुद्धनगरस्थित घरमा ग्यास लिकपछि भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए । आगलागीमा परेकी उनकी आमा हरिकलाको भने उपचारको क्रममा निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.