स्वास्थ्य / शिक्षा
चितवन,२५ साउन । यहाँका नर्सिङ कलेज बन्द भएपछि त्यहाँका सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५...
काठमाडौं,२५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूले पदभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेका छन्। शुक्रबार हुने उक्त कार्यक्रममा उपस्थित हुन उनले काठमाडौं उपत्यकाका सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन...
चितवन,२४ साउन । चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ। राप्ती नगरपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच यससम्बन्धी सम्झौता भएको हो। नगरप्रमुख शमशेर लामाका अनुसार नगरवासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध...
चितवन,२२ साउन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र...
चितवन, १९ साउन । बालबालिकामा आँखा पाक्ने समस्या वढ्दै गए पछि चितवनको खैरहनी नगरपालिकाले क्याम्पस र विद्यालय बन्द गरेको छ । साउन २१ र २२ गते दुई दिन पालिका भित्र रहेका विद्यालय र क्याम्पसहरु वन्द गरिएको हो । नगर शिक्षा...
काठमाडौँ,१६ साउन । नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान...
चितवन,१२ साउन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष २०७९/८० मा दुई लाख चार हजार पाँच सय बिरामीले सेवा लिएका छन् । सो अवधिमा एक हजार एक सय ४३ बिारमीको जटिल किसिमको तथा एक हजार नौ सय १३...
चितवन,१० साउन। वाग्मती प्रदेश सरकारले भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ । काभ्रे धुलिखेलमा प्रदेशस्तरको प्रयोगशाला चलाएको वाग्मती सरकारले सेवा विस्तार गरेको हो । वाग्मती प्रदेशमा जनसंख्याको चाप रहेका कारण थप प्रयोगशाला खुलेको हो । धुलिखेल प्रयोगशालाको व्याकपमा रहेका मेसिन...
काठमाडौं,९ साउन । नियमित पानी परेसँगै डेंगु संक्रमित बढ्न थालेको भन्दै काठमाडौँ महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको छ। अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा संक्रमितको सङ्ख्या...
भक्तपुर,८ साउन । चाँगुनारायण नगरपालिकाले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो । रोगको महामारी फैलिनु अगाडि नै...














