सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेंगी संक्रमितको संख्या १८ हजार नाघ्यो, विज्ञ भन्छन्– पोष्ट मनसुनसम्मै रहन्छ संक्रमण


  •    न्युजभित्तो/८ भाद्र २०८०, शुक्रबार १३:२४ 
  • काठमाडौं,८ भदौ । यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरी यता अगष्ट २४ सम्म १८ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ । जुलाइयता संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।

    कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या डेढसयभन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १३ हजार ६८६ जना संक्रमित भएका छन् । वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

    वाग्मतीमा दुई हजार ९६७ जना संक्रमित भएका छन् । मधेसमा १८३, गण्डकीमा ६३२, लुम्बिनीमा ३४०, कर्णालीमा ४१ र सुदूरपश्चिममा ५४० जनामा संक्रमण पुष्टि भएको छ । अगष्टका २४ दिनमा मात्रै देशभर १० हजार ५४६ जना डेंगी संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

    वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पोष्ट मनसुनसम्म नै संक्रमण फैलिरहने विगतका तथ्यांकहरूले देखाएको बताउँछन् । “यसअघिका वर्षहरूमा पनि कुनै एक निश्चित क्षेत्रमा पोष्ट मनसुनमा पनि डेंगी फैलिएको देखिएको छ, योवर्ष पनि नियमित संक्रमण बढ्ने र वर्षातको अन्तिमसम्म नै रहने सम्भावना हुन्छ”, उनी भन्छन् । अघिल्लो वर्ष वा तीन वर्षअघि संक्रमण देखिएकै ठाउँमा फेरि उच्च भने नहुने विश्वभरकै तथ्यांकले देखाएको उनी बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.