सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित


  •    न्युजभित्तो/३२ श्रावण २०८०, बिहीबार १२:३२ 
  • काठमाडौं,३२ साउन।  यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।

    योसँगै यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । गएको जुनयता मात्र डेंगीका कारण १२ जनाको मृत्यु भएको छ । डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार नौजना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।

    उपत्यकासहित १२ जिल्लामा संक्रमितको संख्या १०० भन्दा माथि छ । सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा, तनहुँ र दार्चुलामा संक्रमितको संख्या निरन्तर बढिरहेको ईडीसीडीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.