सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होलिभिजनमा कक्षा ११ लाई स्वागत १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई


  •    न्युजभित्तो/८ भाद्र २०८०, शुक्रबार १८:४८ 
  • भरतपुर, ८ भदौ । होली भिजन पब्लिक स्कुलबाट यस वर्ष कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज शुक्रवार विद्यालयले बधाई ज्ञापन गर्दै बिदाई गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले सङ्घर्ष गर्दै शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो।

    कार्यक्रममा होली भिजन पब्लिक स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीले विद्यार्थीहरुलाई स्वागत र विदाई गर्दै विद्यार्थीहरु आफ्नो क्षमता र समयको आवश्यकता अनुसार अगाडि बढ्नुपर्ने सल्लाह दिनुभयो । उहाँले कसैको लहैलहैमा लाग्नुभन्दा अभिभावक र शिक्षकहरुको सल्लाह लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले कक्षा १२ उत्तीर्ण विदाई र कक्षा ११ लाई स्वागत गर्दै विद्यालयलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो।

    स्वागत तथा विदाई कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष वेगनाथ गैरे, शिक्षक अभिभावक संघका सदस्य गोकुल भण्डारी, विद्यार्थीहरु स्वस्तिका पाठक, राजेश आचार्य, दिनेश भण्डारीलगायका विद्यार्थीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई पुष्पगुच्छा र खादा लगाई स्वागत गरिएको थियो ।

    होली भिजन पब्लिक स्कुल भरतपुरले २०७६ सालबाट कक्षा ११ सञ्चालन गरेको थियो। होली भिजन पब्लिक स्कुलले विगतदेखि नै सबै परीक्षाहरुमा उत्कृष्ट नतिजा प्राप्त गरिरहेको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.