स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ४०४ जना निको
-न्युजभित्तो

काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त...

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को प्रमुखमा पूर्व रथी बालानन्द शर्मा नियुक्त
-न्युजभित्तो

काडमाण्डौं,  ११ जेठ । नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमस) को प्रमुखमा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई सचिवसरहको उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । शुक्रबार राजपत्रमा प्रकाशित भएको “कोभिड १९...

चितवनको क्यान्सर अस्पतालमा कोभिड बिरामीलाई अक्सिजन अभाव
-न्युजभित्तो

विप्लव काफ्ले चितवन, १० जेठ । जिल्लाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । प्रयाप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा संक्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि दैनिक करिब १ सय...

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ: शिक्षमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौं, १० जेठ  । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । यस्को लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी गराए । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत...

धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १० जेठ । सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ । सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले रु छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा...

इन्डियन भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी
-न्युजभित्तो

काठमाण्डौं, १० जेठ । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी...

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव
-न्युजभित्तो

काठमाण्डौं, ९ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना...

हेटौंडा अस्पताल हाताभित्र अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता
-न्युजभित्तो

हेटौंडा, ८ जेठ । उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष...

थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि, १७७ सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

काठमाण्डौं, ७ जेठ । थप आठ हजार ६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ । थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण...

सघन उपचारमा दक्ष जनशक्तिको अभाव
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ जेठ (रासस) । कोरोना भाईरसको दोस्रो लहर चलिरहँदा अस्पताल आउने अधिकांश सङ्क्रमितलाई सघन उपचार कक्षको जरुरत हुने गरेको छ । ती मध्ये कतिपयलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । सम्भवतः नेपालका अस्पतालमा यतिधेरै बिरामीलाई सघन...