सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युएमएनद्वारा स्वास्थ्य सामग्री प्रदान


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १२:४८ 
  • डोटी, १९ जेठ । नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकार संस्था युनाइटेड मिसन टू नेपालको यहाँस्थित कलस्टरले बोगटान फुड्सिल गाउँपालिकालाई रु १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    गाउँपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एन्टिजेन किट २५० थान, सर्जिकल मास्क तीन हजार, ग्लब्स एक हजार, स्यानिटाइजर पाँच लिटर १० थान, १० लिटर ३० थान, एक लिटर ७५ थान, त्यसैगरी थर्मामिटर १२, पिपिई सेट २४, नेबुलाइजर १२, के.एन नाइन्टी फाइब मास्क ४००, हस्पिटल श्यया १२, ४० केजी अक्सिजन १०, अक्सिजन कन्सन्टेटर पाँच लिटरको दुई थान र फेस सिल्ड ३० थान रहेको संस्थाका टोलीनेता विशालबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

    जिल्लामा दोस्रो चरणको कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण तीव्र रुपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा उक्त संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्नमा सहज हुने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो । यसैगरी युएमएनले बोगटान फुड्सिलसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.