सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइसियु : जहाँ सरुवा रोग सर्दैन


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १०:४६ 
  • चितवन, २० जेठ । अस्पतालमा एउटा बिरामीबाट अर्काे बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ ।

    यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।

    चितवन मेडिकल कलेजको आइसियु (सघन उपाचार कक्ष) मा नेगेटिभ सेक्सन जडान गरिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरीशचन्द्र न्यौपानेका अनुसार सङ्क्रामक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ ।

    सो उपकरणले बिरामीबाट निस्किएको कीटाणुसहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्दछ । बाहिरबाट स्वच्छ हावाभित्र पठाउँछ । न्यौपानेले भन्नुभयो, “यसबाट बिरामी र स्वास्थ्यकर्मी दुवै जोगिन्छन् ।” चीनमा कोरोना देखिएसँगै मेडिकल कलेजले सो उपकरण जडान गरेको हो । उहाँका अनुसार १९ शय्याको सो सघन उपचार कक्षमा कोरोना सङ्क्रमितलाई राखेर उपचार गरिँदै आएको छ । सो कक्षमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित हुने उहाँको भनाइ छ ।

    न्यौपानेका अनुसार यसका अतिरिक्त अन्य सरुवा रोगमा पनि बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुनेछन् । एउटै सघन उपचार कक्षमा फरकफरक रोगका बिरामी उपचार गर्नुपर्दा यो निकै उपयोगी हुने बताइन्छ । उन्नाइस वटा नेगेटिभ सेक्सन जडान गर्दा रु १९ करोडभन्दा बढी लगाानी भएको न्यौपानेले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विश्वका विकसित मुलुकमा यस्ता उपकरण राख्ने गरिन्छ ।

    उहाँले भन्नुभयो, “यसले हावा र थुकका छिटाहरुबाट सर्ने रोगबाट अन्य बिरामी र स्वास्थ्यकर्मीलाई जोगाउँछ ।” त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले सामान्य सावधानी अपनाए पुग्छ । बिरामीहरुले मास्क लगाउनु पर्दैन । यस्ता प्रविधि जिल्लामा हुँदा सरुवा रोगको महामारीको समयमा निकै उपयोगी हुने तिवारीको भनाइ छ । इन्फ्लुएन्जा, क्षयरोग, सार्स, दादुराजस्ता सङ्क्रामक रोगबाट यसले बचाउने तिवारी बनाउनुहुन्छ ।

    नेपालमा यो उपकरण जडान गर्दै आएको एयरटेक प्रालिका प्रबन्ध निर्देशक मनोज भन्साली ठूला अस्पतालमा यस्ता उपकरण जडान हुन थालेको बताउनुहुन्छ । यसले रोग सर्न नदिने हुँदा बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले कोरोनाको समयमा यो निकै उपयोगी भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.