सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने


  •    न्युजभित्तो/११ मंसिर २०८३, बिहीबार १२:४७ 
  • काठमाडौँ, १० मङ्सिर । विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ।

    ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो।

    राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९८औँ बैठकले गत वैशाख २२ गते गरेको निर्णयअनुसार काठमाडौँ विश्वविद्यालयको शिक्षा सङ्कायका तत्कालीन डीन प्रा डा बालचन्द्र लुइँटेलको संयोजकत्वमा १९ सदस्यीय कार्यदल गठन गरी परिमार्जन प्रक्रिया अघि बढाइएको हो।

    कार्यदलका सदस्यसचिव एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा हालसम्मकै व्यापक सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको बताउनुभयो। उहाँका अनुसार विभिन्न माध्यमबाट हालसम्म करिब एक लाख ५० हजार सुझाव प्राप्त भएका छन्। वर्तमान आवश्यकता र भावी पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जन गरिने उहाँले बताउनुभयो।

    कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप तयार पार्नेछ। परिमार्जित प्रारूप र सुझाव प्रतिवेदनका आधारमा क्रमशः नयाँ पाठ्यक्रम निर्माण तथा तर्जुमा गरिनेछ।

    परिमार्जनका लागि १२ वटा विषयगत समूह गठन गरी कार्यपत्र तयार पारिएको छ। ती समूहले सरोकारवालासँग छलफल, स्थलगत अध्ययन, वेबसाइट, विद्युतीय माध्यम, पेसागत तथा संस्थागत सङ्घसंस्था र विभिन्न फाराममार्फत सुझाव सङ्कलन गरेका छन्।

    प्रारूप परिमार्जनका क्रममा सङ्घीय शासन प्रणालीमा प्रदेश तथा स्थानीय तहको भूमिका, सामाजिक तथा राजनीतिक परिवर्तन, डिजिटल रूपान्तरण, युवाका आकाङ्क्षा, समावेशिता, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अध्ययनको श्रेयभार, शिक्षण विधि तथा मूल्याङ्कन प्रणालीलाई प्रमुख विषयका रूपमा समेटिएको छ।

    केन्द्रका अनुसार पाठ्यक्रम प्रारूपको पुनरावलोकन, सरकारका नीतिगत प्रतिबद्धता, विश्वव्यापी शैक्षिक प्रवृत्ति, अनुसन्धान तथा प्रमाण, वर्तमान अवस्थाको विश्लेषण र सरोकारवालासँगको व्यापक परामर्शलाई परिमार्जनको आधार बनाइएको छ।

    शिक्षाविद्हरूसँगको छलफलमा व्यावहारिक तथा रोजगारीमुखी शिक्षा, पाठ्यभार र विषयवस्तुको दोहोरोपन हटाउने, डिजिटल साक्षरता तथा कृत्रिम बौद्धिकता, मूल्याङ्कन प्रणालीमा सुधार, शिक्षक सहायता प्रणाली, पेसागत मार्गदर्शन, व्यावसायिक शिक्षा तथा नैतिक र मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिन सुझाव प्राप्त भएका छन्।

    त्यसैगरी, विद्यालय तहदेखि नै खेलकुदलाई शिक्षाको अभिन्न अङ्ग बनाउने, विद्यार्थी परामर्श तथा कल्याण र शिक्षकको तयारी तथा व्यावसायिक विकासलाई पनि पाठ्यक्रम सुधारका महत्वपूर्ण पक्षका रूपमा औँल्याइएको छ।

    शैक्षिक क्षेत्रका जानकार वासुदेव काफ्लेले मूल्याङ्कन प्रणालीलाई वास्तविक सिकाइमा आधारित, समावेशी, बहुविधियुक्त र तनावमुक्त बनाउनुपर्ने सुझाव दिनुभयो। शिक्षकप्रति विश्वास गर्ने मूल्याङ्कन प्रणाली विकास गर्नुका साथै शिक्षक तयारी र सहयोग प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ
    • समाजसेवी ढकालको नेतृत्वमा भोटेकोशी बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
    • दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको उपाधि लक्ष्य, खेलाडीलाई मैदानमै पुगेर मन्त्री तामाङको हौसला
    • २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    • मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.