चितवन,१९ जेठ । कोरोनाको यस विषम परिस्थितिमा चितवन जिल्लामा देखिन थालेको रगत अभावलाई केही हदसम्म भएनी कम गर्न नेपाल तरुण दल इच्छाकामना गाउँ कार्य समितिको आयोजनामा आज मुग्लिङ्ग बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा ५१ पुरुष र ९ जना महिला गरि जम्मा ६० जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका कार्यक्रम संयोजक रवि कुमार थापाले जानकारी दिनुभयो ।
सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले समेत समन्वय गरेको थियो। रक्तदान कार्यक्रममा नेपाली सेना,नेपाल प्रहरी,गाउँपालिका कर्मचारी,तरुण युवा,ने.बि.संघ युवा,युवा संघका युवा स्थानीयहरूको उपस्थितिमा सम्पन्न गरिएको हो।
सोही रक्तदान कार्यक्रममा रक्तदानलाई सहयोग गर्नुहुने चिकित्सकहरुलाई सम्मान समेत गरिएको थियो।