सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवा संघद्वारा माडीमा स्वास्थ्य सामग्री सहयोग


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १७:२६ 
  • माडी, १९ जेठ । राष्ट्रिय युवा संघ चितवनले राष्ट्रिय युवा संघ माडी शाखालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ । माडी नगरपालिका वडा नं ६ को शिब मन्दिरमा आज बुधवार आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला संयोजक सुशिल केसीले युवा संघ माडीका संयोजक मुन्ना मियालाई स्वास्थ सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

    हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रहरुमा ३५ लिटर सेनिटाइजर, ७ सय माक्स, ९२ फेसशिल्ड, २ सय ५० पोर पन्जा र २ सय ४२ वटा साबुन रहेका छन् ।कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको समयमा माडीमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनको लागि युवा संघ माडीले जिल्लालाई आग्रह गरेकोले कोभिड नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको नेपाल राष्ट्रिय युवा संघ चितवनका संयोजक सुशिल केसीले जानकारी दिनुभयो ।

    राष्ट्रिय युवा संघ चितवनका संयोजक सुशिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सचिव चितवनका ईञ्चार्ज प्रताप डल्लाकोटी, नेकपा एमालेका युवा नेता श्रीप्रसाद दवाडी लगायतले कोरोना सङ्क्रमण रोकथामका लागि स्वास्थ्य सामग्रीले सहयोग गर्ने जनाउँदै कोरोना नियन्त्ररणको लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।

    उल्लिखित स्वास्थ्य सामग्रीहरु राष्ट्रिय युवा संघ माडीले आज नै माडी नगरपालिका स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीहरु ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले सामाजिक उत्तरदायित्व महशुस गरी कोरोना सङ्क्रमणको समयमा स्वास्थ्य सामग्री उपलब्ध गराउने राष्ट्रिय युवा संघ माडीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.