स्वास्थ्य / शिक्षा
नयाँ दिल्ली,३१ जेठ । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो । गत...
मध्यपुरथिमि, ३१ जेठ । कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कटुञ्जेका रामबहादुर थापा, रञ्जनराज ढुङ्गेल लगायतको पहलमा अमेरिका बस्ने नेपालीले स्वास्थ्य...
चितवन, ३१ जेठ । मेडिकल सिटीका रुपमा विकास भईरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी...
दमक, ३१ जेठ । दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो...
सिमकोट, ३१ जेठ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि...
काठमाण्डौं, ३१ जेठ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने...
काठमाडौं, ३० जेठ। नेपालमा कोरोनाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आईतबार कोभिड १९ सम्बन्धी दैनिक बिवरण...
काठमाडौं,३० जेठ । गत २४ घण्टामा नेपालमा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७...
कैलाली, ३० जेठ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरु गरेको...
दाङ, ३० जेठ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र नेकपा एमालेका...















