सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई सहयोग


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १२:४२ 
  • गण्डकी, ६ असार । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको छ ।

    बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ शारीरिक अपाङ्गता भएका परिवारलाई रु २५ हजार बराबर राहत सामग्री वितरण गर्नुभएको हो ।

    एसओएस बालग्राममा कार्यरत २४ आमाले सामूहिक रुपमा सङ्कलित रकमबाट चामल, दाल, तेल, नुन, चिउरा, बेसार, मास्कलगायतका सामग्री खरीद गरी अपाङ्गता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी बाँस्तोलाले जानकारी दिनुभयो । निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकै बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उहाँको भनाइ छ । बालग्रामका १५ घरमा १५३ बालबालिका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.