सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाढी प्रभावित क्षेत्रमा पानी जन्य सरुवा रोगको खतरा


  •    न्युजभित्तो/५ असार २०७८, शनिबार ०९:५३ 
  • काठमाडौं, ५ असार । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेर गएको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।

    बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या देखिएको छ । अझै केहीदिन देशका अधिकांश भागमा अविरल वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले पनि अझै केही दिन बाढी, पहिरो र डुबानजस्ता प्रकोपको सम्भावना देखिन्छ ।

    यस्तो अवस्थामा कोरोनासँगै अन्य विभिन्न प्रकारका सरुवा रोग फैलने खतरा बढ्ने संक्रामक रोग विज्ञ डा. जनक कोइरालाले बताउनुभयो ।
    मंगलबार सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्ची नगरपालिकामा ४ सयभन्दा बढी स्थानीयवासी नजिकैको इन्द्रेश्वर माविमा बसेका छन् । यसरी बाढीपहिरोका कारण घरबाहिर सामूहिक रुपमा अस्थायी बसोबास गर्नेहरुमा कोरोना संक्रमणको उच्च जोखिम हुनुका साथै अन्य सरुवा रोगको समेत जोखिम रहने उहाँले जानकारी दिनुभयो ।

    बाढी, पहिरो तथा डुबानमा परी अस्थायी शिविरमा सामूहिकरुपमा केही समय बस्ने नागरिकलाई शुद्ध पानी र शौचालयको व्यवस्था नभएको खण्डमा पानीजन्य रोग फैलिएर अर्को समस्या सिर्जना हुन सक्ने उहाँको भनाइ छ । यसैगरी खानपान र सरसफाइमा विशेष ध्यान नदिए स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका समस्या देखिने सम्भावना वढि हुन्छ ।

    ‘बाढी, पहिरोका कारण केहीको उठीबास भएको छ भने केहीको धनजन दुवै क्षति भएको छ,’ उहाँले भन्नसभयो, ‘मानसिक रुपमा चिन्तित भएका बेला सामूहिक रुपमा बस्दा सरसफाइ र खानपानको ख्याल गरिएन भने स्वास्थ्यमा ठूला समस्या निम्तिन सक्छ ।’

    बर्खाको समयमा किटजन्य तथा पानीजन्य रोगको उच्च जोखिम उच्च हुने उहाँले बताउनुभयो । बाढीपहिरो प्रभावितहरु सामूहिक रुपमा बस्दा खानेकुरा, पिउने पानी र सरसफाइमा ध्यान पु¥याउन नसकेको खण्डमा झाडापखाला, आउँ, हैजा, टाइफाइड, हेपटाइटिस, डेंगी, स्क्रब टाइफस र हावाबाट सर्ने विभिन्न किसिमका रोगको सिकार बन्न सकिने भएकाले सचेत रहन उहाँले सुझाब दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.