सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सिजन प्लाान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार ०८:५५ 
  • जाजरकोट, ६ असार । दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालयले कारवाही गरेको छ । अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौँलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ । सप्लायर्सलाई कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालय काठमाडौँमा सिफारिस गरिएको छ ।

    पैँतालीस दिनभित्र अर्थात गत जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने ठेक्का सम्झौता गरेकोे उक्त सप्लायर्सले सम्झौता म्याद सकिए पनि जेठ मसान्तसम्म काम गर्न नसकेपछि सप्लायर्सलाई कालो सूचीमा राखेर धरौटी जफत गरी ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएकोे छ ।

    सप्लायर्सले म्याद सकिनुभन्दा एक दिनअघि अर्थात गत जेठ १४ मा पत्र पठाएर कोरोना महामारी र लकडाउनका कारण समयमा काम गर्न कठिन भएको भन्दै १५ दिन थप समयका लागि माग गरेको थियो । कार्यालयले पटकपटक गरेर उक्त म्याद पनि थप गरेको थियो । थपिएको १५ दिन अर्थात जेठ मसान्तसम्म पनि काम नगरेपछि ‘तपाईंको सप्लायर्सलाई किन कारवाही नगर्ने’ भनेर शुरुमा ७२ घण्टे र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैसीले बताउनुभयो । स्पष्टीकरण चित्त बुझ्दो नआएपछि कारवाही गरिएको उहाँले बताउनुभयो ।

    ठेक्का सम्झौता तोडिएसँगै सप्लायर्सका प्रोपराइटर नरबहादुर लिम्बुले अक्सिजन प्लान्ट ठेक्का सम्झौता गर्दा धरौटी राखेको रु दुई लाख ९१ हजार ४३० जफत भएको छ । उहाँले बारम्बार ताकेता गर्दा पनि सप्लायर्सले अक्सिजन प्लान्ट स्थापना गर्न नसकेपछि ठेक्का सम्झौता तोडेर कारवाही गरिएको बताउनुभयो ।

    पहिलेको तुलनामा कोभिडका अक्सिजन दिनु पर्ने बिरामी घटदै गए पनि जिल्लामा सिलिण्डर भर्न मिल्ने गरी स्थापना गर्न थालिएको अक्सिजन प्लान्ट जडान ढिलाइले कोभिडका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताउनुभयो । “अक्सिजन प्लान्ट जडान नहुँदा खाली सिलिण्डर नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । सिलिण्डर पठाउन, भर्न र ल्याउन पनि उत्तिकै समस्या छ । जिल्लामै अक्सिजन प्लान्ट भएको भए उपचारमा निकै सहज हुने थियो”, उहाँले भन्नुभयो ।

    अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्सका प्रोपराइटर लिम्बुले नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा बढ्दै गएकोले काम गर्न असहज अवस्था आएको बताउनुभयो । कार्यालयका अनुसार चैतको अन्तिम साता करिब रु ३६ लाखमा ४५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी सम्झौता भएको थियो ।

    सम्झौताअनुसार उहाँले जेठ १५ गतेभित्र काम सक्नुपर्ने थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्ष शुरु भएको केही महिनामै बजेट आइपुगेको भए पनि बोलपत्र खोल्न ढिलाइ गर्दा समस्या भएकोे हो । सप्लायर्स कारवाहीमा परेसँगै अक्सिजन प्लान्ट स्थापना अलपत्र परेको छ । पुनः बोलपत्र आह्वान गरेर अक्सिजन प्लान्ट स्थापनाका लागि नयाँ प्रक्रिया थालनी गर्ने कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.