चितवन सेरोफेरो
बागलुङ, २५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उहाँले पत्रकारिता जगत् लोकतान्त्रिक...
वाग्मती, २५ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उहाँले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई...
चितवन, २५ असारः भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा खसेको पहिरो पन्छाए संगै सवाराी आवागमन सुचारु भएको छ । बुधबार राती १० वजेबाट पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० बाट एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय...
कालिका (चितवन), २४ असार । कालिका नगरपालिकाले नगर क्षेत्रका ४९ जना कृषकलाई सम्मान सहित पुरस्कृत गरेको छ । नगरपालिकाले बिहीवार कार्यक्रमको आयोजना गरी १० जना उत्कृष्ट कृषक र दश हजारभन्दा बढी दूध उत्पादन गरी बिक्री गर्ने ३९ जना सहित...
चितवन, २४ असार । जिल्लामा भएका विभिन्न घटनाको सूचना पाउन पत्रकारहरुलाई कठिन भएपछि नेपाल पत्रकार महासंघ चितवनको नेतृत्वमा विभिन्न संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको ध्यानाकर्षण गराएका छन् । सहज रुपमा सूचना सम्प्रेषण गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण...
चितवन, असार २४ । जिल्लाको कालिका नगरपालिकामा गाई काटेर मासुको भाग लगाउँदै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ३२ वर्षिया उर्मिला परियार, सोही ठाउँका १६ वर्षिय सविन परियार र...
चितवन, २४ असार । नेकपा एमाले चितवनले राप्ती नगरपालिकाकी सुजिता भण्डारी मृत्यु र गैंडाकोटकी बिना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेश’ द्वारा आज जारी...
चितवन, २४ असार । जिल्ला प्रशासन कार्यालय चितवनले नदि तटिय क्षेत्रमा वसोवास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउ लगायतका ठूला साना नदिहरुमा पानीको सतह वढिरहेकाले नदि तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई...
चितवन, २४ असार । माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुवान हुन थालेको छ । बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा...
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा पहिरोका कारण सडक अबरुद्ध भएको छ । बुधबार राती १० वजे खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन पानी परिरहेकाले केही समय लाग्नेछ ।...
















