सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै


  •    न्युजभित्तो/६ मंसिर २०८३, शनिबार ०५:४९ 
  • चितवन, ५ मङ्सिर । भरतपुर महानगरपालिकाका छ स्थानमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिने भएको छ । खानेपानी व्यवस्थापन बोर्डले ट्याङ्की निर्माणका लागि बोलपत्र आह्वान गरी काम अघि बढाएको हो ।

    खानेपानीको सहज आपूर्ति, वितरण प्रणालीको सुधार तथा सेवा विस्तारका लागि विभिन्न ठूला आयोजना अघि बढाइएको हो । बोर्डले भरतपुरका विभिन्न स्थानमा ओभरहेड ट्याङ्की, पाइप लाइन विस्तार, फिल्टर प्लान्ट तथा अन्य पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको हो ।

    भरतपुर बृहत् खानेपानी आयोजनाअन्तर्गत पाँचवटा ओभरहेड ट्याङ्की र एउटा कार्यालय भवन निर्माण गर्ने योजना छ । बोर्डका प्रमुख सञ्जय बरालका अनुसार पाइप लाइन विस्तार तथा फिल्टर प्लान्ट निर्माण पनि अघि बढाइएको छ । भरतपुर महानगरपालिका–११ को लामा टोल, केन्द्रीय बस टर्मिनल, भरतपुर–७ को नगर प्लटिङ, भरतपुर १५ को शिवघाट र भरतपुर १६ को सानोगढीलगायत क्षेत्रमा खानेपानी पूर्वाधार निर्माण तथा विस्तार गरिने प्रमुख बरालले जानकारी दिनुभयो ।

    त्यस्तै, जुगेडी–रामनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत जुगेडीबाट रामनगर हुँदै भरतपुरसम्म पाइप लाइन विस्तार गरिने उहाँले जानकारी दिनुभयो । जुगेडी मुहानमा फिल्टरेसन प्लान्ट तथा गार्ड हाउस निर्माण र रामनगरमा ओभरहेड ट्याङ्कीलगायत ठूला पूर्वाधार निर्माण गर्ने योजना छ ।

    बोर्ड र नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयको लगानीमा सञ्चालन हुने यस आयोजनाले खानेपानी आपूर्तिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मन्त्रालय र बोर्डको सहलगानीमा झन्डै रु ६० करोडको लागतमा ती योजना अघि बढाइएको हो ।

    खानेपानी वितरणका क्रममा पाइपमा चाप बढाउने र वितरण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले बोर्डले स्तरोन्नतिका कामसमेत गरिरहेको प्रमुख बरालको भनाइ छ । हाल बोर्डका ४५ हजारभन्दा बढी ग्राहक छन् । दैनिक करिब चार करोड ८० हजार लिटर पानी प्रशोधन गरेकामा उपभोग भने दुई करोड ९२ लाख लिटर भइरहेको उहाँले जानकारी दिनुभयो ।

    पानी चुहावटको दर २७ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष चुहावट २८ प्रतिशत थियो । पुराना प्लान्ट तथा मेसिनरी उपकरण र विकास निर्माणका क्रममा पाइप फुट्ने समस्याका कारण पानी चुहावट हुने गरेको प्रमुख बरालको भनाइ छ । चुहावट न्यूनीकरण र सेवा सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो ।

    बोर्डले आफ्नै लगानीमा विभिन्न स्थानमा खानेपानीका पूर्वाधार निर्माण तथा विस्तार गरिरहेको छ । क्षेत्रपुरमा डिपबोरिङ र पम्पहाउस निर्माण गरिएको छ भने आँपटारीस्थित सशस्त्र प्रहरी क्याम्पभित्र डिपबोरिङ निर्माण गरिएको छ ।

    सानोगढी खानेपानी उपभोक्ता समितिलाई बोर्डमा हस्तान्तरण गरी २२ किलोमिटर पाइप लाइन विस्तार गरिएको छ । त्यस्तै, देवनगरमा १७ दशमलव पाँच किमी र सानोगढी क्षेत्रमा २० दशमलव पाँच किमी पाइप लाइन विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

    कार्यालयमा नयाँ प्रयोगशाला ९ल्याब० निर्माण गरिएको छ भने मङ्गलपुरमा सेवा विस्तारका लागि नयाँ काउन्टरसहित शाखा कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाइएको छ । गीतानगरमा जग्गा व्यवस्थापन गरी डिपट्युबवेल र पम्पहाउस निर्माण गर्ने योजना छ । फूलबारीमा नयाँ डिपबोरिङ निर्माण तथा शिवघाटमा गार्ड हाउस, कम्पाउण्ड र पाइप लाइन विस्तारका काम भइरहेका छन् ।

    बोर्डमातहतका विभिन्न स्टेसनहरूको मर्मतसम्भार तथा स्तरोन्नति गरी अटोमेसन (स्वचालित उपकरण) प्रणाली जडान गरिएको छ । यसबाट सम्बन्धित क्षेत्रमा चौबिसै घण्टा खानेपानी आपूर्ति गर्न सम्भव भएको बरालले बताउनुभयो । उहाँका अनुसार खानेपानी सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले रातिको समयमा समेत मर्मतसम्भारका काम हुँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.