सुजिताको मृत्यु र बिना बेपत्ता घटनाप्रति एमाले चितवनको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानविनको माग
न्युजभित्तो/२४ असार २०७८, बिहीबार २०:३०
चितवन, २४ असार । नेकपा एमाले चितवनले राप्ती नगरपालिकाकी सुजिता भण्डारी मृत्यु र गैंडाकोटकी बिना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेश’ द्वारा आज जारी जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्न माग गरिएको छ ।
घटनालाई अतिरञ्जित गर्ने, समाजमा अस्थिरता फैलाउने र परिवार, आफन्त र स्थानीयलाई भड्काउने किसिमले अतिरञ्जित गरेको पाइएकाले एमाले चितवनले यो बेला आम जनसमुदाय, पार्टी कार्यकर्ता शुभेच्छुक सबैमा संयमता अपनाउन आग्रह गरेको छ ।
जारी विज्ञप्तिमा घटनालाई स्वतन्त्रापूर्वक अनुसन्धान गर्न सबैले सहयोग गर्न अपिल गर्दै घटनालाई लिएर प्रशासनले जनतालाई आतंकित बनाउने कार्य स्वरुप लगाइएको कफ्र्यू रोक्न र जनसमुदायलाई पनि संयमता अपनाउन अनुरोध गरिएको छ । ‘बेपत्ता भएको ९ दिनपछि शव फेला परेको सुजिता मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान राखेको उल्लेख गर्दै उनको भिसेरा परीक्षणको रिपोर्ट केही दिनमा आउने बताएको छ । विज्ञप्तिमा भनिएको छ “अनुसन्धान र भिसेरा परीक्षणले केही दिनमा सत्यतथ्य बाहिर आउने नै छ ।”
यसैगरी गैंडाकोटबाट हराएकी युवती बिना सापकोटाको पनि यथाशिघ्र खोजबिन गरी सत्यतथ्य बाहिर ल्याउन एमालेले माग गरेको छ । चितवनको माडी क्षेत्रमा बुधबार र बिहीबार परेको अविरल वर्षाले दर्जनौ घर डुबानमा परेकाकोले उद्दार र राहतमा खटिन नेताकार्यकर्तालाई निर्देश गरिएको छ ।
चितवन, २४ असार । नेकपा एमाले चितवनले राप्ती नगरपालिकाकी सुजिता भण्डारी मृत्यु र गैंडाकोटकी बिना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेश’ द्वारा आज जारी जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्न माग गरिएको छ ।
घटनालाई अतिरञ्जित गर्ने, समाजमा अस्थिरता फैलाउने र परिवार, आफन्त र स्थानीयलाई भड्काउने किसिमले अतिरञ्जित गरेको पाइएकाले एमाले चितवनले यो बेला आम जनसमुदाय, पार्टी कार्यकर्ता शुभेच्छुक सबैमा संयमता अपनाउन आग्रह गरेको छ ।
जारी विज्ञप्तिमा घटनालाई स्वतन्त्रापूर्वक अनुसन्धान गर्न सबैले सहयोग गर्न अपिल गर्दै घटनालाई लिएर प्रशासनले जनतालाई आतंकित बनाउने कार्य स्वरुप लगाइएको कफ्र्यू रोक्न र जनसमुदायलाई पनि संयमता अपनाउन अनुरोध गरिएको छ ।
‘बेपत्ता भएको ९ दिनपछि शव फेला परेको सुजिता मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान राखेको उल्लेख गर्दै उनको भिसेरा परीक्षणको रिपोर्ट केही दिनमा आउने बताएको छ । विज्ञप्तिमा भनिएको छ “अनुसन्धान र भिसेरा परीक्षणले केही दिनमा सत्यतथ्य बाहिर आउने नै छ ।”