चितवन, २४ असार । माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुवान हुन थालेको छ । बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा पानी पस्न थालेको छ ।
माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ । माडी नगरपालिका ७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।
रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन् । खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी वडा नं १ बरुवामा १५ घर डुवानबाट प्रभावित भएका छन। डुवानबाट प्रभावितहरु अन्य स्थानीय छिमेकी तथा प्रहरी चौकीमा समेत आई बसेको प्रहरीको भनाई छ । उक्त क्षेत्रमा निरन्तर वर्षा भईरहेको छ ।

फाईल तस्वीर