सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका नदीमा पानीको सतह बढ्दै, नदि तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १३:०५ 
  •  चितवन, २४ असार । जिल्ला प्रशासन कार्यालय चितवनले नदि तटिय क्षेत्रमा वसोवास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
    कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउ लगायतका ठूला साना नदिहरुमा पानीको सतह वढिरहेकाले नदि तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । माडी क्षेत्रको बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्ति र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च साबधानि अपनाउन प्रशासनले आग्रह गरेको हो ।
    यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका वडा नम्बर २९ लगाएतका पहाडी भूभागमा भूक्षय र पहिरोको समेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्धारा जारि सूचनामा जनाईएको छ । जसका कारण सर्बसाधारणलाई साबधानी अपनाउन भनिएको हो । वाढी आएको समयमा नदिनालाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता जोखिमयुक्त कार्य नगर्न नगराउन अनुरोध गरिएको छ ।
    सूचनामा भनिएको छ “जल तथा मौसम बिज्ञान बिभागका अनुसार आगामी केही दिन सम्म बिभिन्न स्थानमा मेघगर्जन सहित निरन्तर वर्षाको सम्वाभना रहेकोले नदिहरुमा पानीको सतह खतरा तह सम्म पुग्न गई बाढी, नदिकटान डुवानको उच्च जोखिम रहेको छ ।” नदि तटिय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित स्थानमा रहन वा जान समेत प्रशासनले आग्रह गरेको छ । यसै बिच निरन्तरकबो वर्षाका कारण माडीका १ सय ६८ घर डुवानमा परेका छन् । जिल्ला आपतकालिन सञ्चालन केन्द्रका अनुसार माडी नगरपालिका वडा नम्बर १, ३, ४, ६ र ७ का ती घर डुवानमा परेका हुन ।
    उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका वडा नम्बर १ मा रहेका १ सय ६० घरधुरीलाई पाँचपाण्डब मध्यवर्ती बनको भवनमा र वडा नम्बर ३ बघौडाका ८ घरधुरीलार्य सार्बजनीक स्थानमा राखिएको छ । अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ । निरन्तरको वर्षाका कारण माडीका खोलाहरुमा पानीको सतह वढे संगै माडी भरतपुर सवारी आवागमन रोकीएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.