कालिका नगरपालिकाद्वरा ४९ जना कृषकलाई सम्मानसहित पुरस्कृत
न्युजभित्तो/२४ असार २०७८, बिहीबार २१:१७
कालिका (चितवन), २४ असार । कालिका नगरपालिकाले नगर क्षेत्रका ४९ जना कृषकलाई सम्मान सहित पुरस्कृत गरेको छ । नगरपालिकाले बिहीवार कार्यक्रमको आयोजना गरी १० जना उत्कृष्ट कृषक र दश हजारभन्दा बढी दूध उत्पादन गरी बिक्री गर्ने ३९ जना सहित ४९ जना कृषकलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने उत्कृष्ट १० कृषकहरुमा च्याउ खेतीतर्फ फुलमाया वाइवा, प्रकाश पौडेल, इन्द्र बहादुर राई, यादव प्रसाद चौधरी, मौरी पालनतर्फ कृष्णप्रसाद देवकोटा, शिवप्रसाद शर्मा, तरकारी खेतीतर्फ महेन्द्रप्रसाद पौडेल, चन्द्रध्वज तामाङ र केरा खेतीतर्फ नारायणप्रसाद पुडासैनी र नेत्रप्रसाद जैसी रहनु भएको छ । उत्कृष्ट १० जना कृषकलाई दोसल्सा, प्रमाणपत्र र १६ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिनुभयो ।
त्यस्तैगरी नगरपालिकाले वार्षिक दश हजार लिटरभन्दा बढी दूध उत्पादन गरी बिक्री गर्ने कृषकलाई पनि नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । पुरस्कृत हुनेमा बार्षिक सबैभन्दा धेरै ६८ हजार ४०० लिटर दूध उत्पादन गरी बिक्री गर्ने कृषक नारायण गिरी सहित ३९ जना कृषक रहेका छन् । पुरस्कृत हुने कृषकलाई प्रमाण पत्र र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले कृषकहरुलाई हौसला प्रदान होस् भनेर पुरस्कृत गरिएको बताउदै भन्नुभयो “धेरैभन्दा धेरै कृषकहरुलाई ब्यवसायीक बनाउन नगरपालिकाले काम गरिरहेको छ ।” श्रेष्ठले कृषकलाई आवश्यक परेको सहयोग गर्न नगरपालिका सधै तयार रहेको भन्दै कृषकलाई उत्पादन वृद्धिमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सम्मानित हुने कृषकका तर्फबाट शिबप्रसाद शर्मा पौडेल र कोपिला दाहालले कृषकलाई प्रोत्साहन गर्दै सम्मान गरेकोमा नगरपालिकालाई धन्यबाद दिनुभयो । उहाँहरुले सम्मानले कृषि पेशामा लाग्न हौसला मिलेको बताउनुभयो ।
सम्मान कार्यक्रममा नगरपालिकाका उप–प्रमुख कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मी, आर्थिक विकास समितिका संयोजक डिल्लीराम दुवाडी, वडा नम्वर १ का अध्यक्ष लिला बहादुर गुरुङ, वडा नम्वर ३ का अध्यक्ष टिकाराज रिजाल, वडा नम्वर ४ का अध्यक्ष कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।