सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १०:२९ 
  • बागलुङ, २५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

    नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उहाँले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राख्नुभयो । “सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमीकमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरुले स्वस्थ आलोचनामार्फत हामीलाई खबरदारी गर्नुस्”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

    उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पुयाएको योगदानको स्मरण र सम्मान गर्नुभयो । मुख्यमन्त्री पोखरेलले महासङ्घको संस्थागत विकास र पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    उहाँले तीनै तहका सरकार र महासङ्घ एकअर्काका परिपूरक भएर कार्य गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा मुख्यमन्त्री पोखरेलले महासङ्घ बागलुङ शाखाको वेबसाइटको समेत उद्घाटन गर्नुभएको शाखा अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.