सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना पाउन कठिन भएपछि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार २०:५८ 
  • चितवन, २४ असार । जिल्लामा भएका विभिन्न घटनाको सूचना पाउन पत्रकारहरुलाई कठिन भएपछि नेपाल पत्रकार महासंघ चितवनको नेतृत्वमा विभिन्न संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको ध्यानाकर्षण गराएका छन् । सहज रुपमा सूचना सम्प्रेषण गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराईएको हो ।

    महासंघका अध्यक्ष नारायण अधिकारीले पछिल्लो समय पत्रकारहरुलाई सूचना पाउन कठिन भएकाले सूचना अधिकारी मार्फत् सहज रुपमा पत्रकारहरुले सूचना पाउने वातावरण सिर्जना गरिदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको बताउनुभयो । विभिन्न घटनाका सूचना माग गर्दा सरकारी कार्यालयहरुबाट समयमै सूचना नदिने, सूचना दिन ढिला सुस्ती गर्ने, पत्रकारलाई समाचारजन्य सामग्री संकलनमा रोक लगाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि भइरहेकाले यसको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो। सम्पूर्ण सरकारी र सार्वजनिक निकाय सूचनामैत्री हुनुपर्ने र आवश्यक सूचनाहरु तत्काल उपलब्ध गराउनका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको अधिकारीले बताउनुभयो ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी लामिछानेले आफूले सूचनाको सहजीकरण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यालय प्रमुखहरुको बैठक र सूचना अधिकारीहरुको नियमित बैठकमा आफूले सूचनालाई सहज गराउनका लागि निर्देशन दिने उहाँको भनाई छ । सार्वजनिक संस्थान तथा सरकारी कार्यालयहरु सूचनामैत्री हुनुपर्ने भन्दै आवश्यक सबै सूचना दिनका लागि बैठकबाट निर्देशन दिने लामिछानेको भनाइ छ । उहाँले भन्नुभयो “म पनि सूचना अधिकारी भएर काम गरेको अनुभव छ, पत्रकारहरुको समस्या मैले बुझेको छु । सूचना सहज रुपमा पाउनु पर्छ ।”

    नेपालको संविधान २०७२ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ ले समेत सूचना दिनुपर्ने बाध्यकारी नियम बनाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अधिकारीसहित प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दीपेन्द्र अधिकारी, पूर्व उपाध्यक्ष रमेशकुमार पौडेलसहितका पत्रकारहरुले सहज रुपमा सूचना उपलब्ध गराउन भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी लामिछानेको ध्यानाकर्षण गराउनु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.