बुधबार देखि अबरुद्ध नरायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा
न्युजभित्तो/२५ असार २०७८, शुक्रबार ०६:५७
चितवन, २५ असारः भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा खसेको पहिरो पन्छाए संगै सवाराी आवागमन सुचारु भएको छ । बुधबार राती १० वजेबाट पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० बाट एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाए संगै रोकिएका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।
सो स्थानमा वर्षा सुरु भए संगै पटक–पटक पहिरो खसेर सडक अबरुद्ध हुदै आएको छ । एक साता भन्दा वढि समय देखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या रहेको छ ।