चितवन सेरोफेरो
चितवन, २८ कात्तिक । कामना सेवा विकास बैंकको १५ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरी मनाईएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरुबाट विभिन्न ठाउँमा सामाजिक कार्य गरिएको हो । बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार कात्तिक...
कर्णाली, २८ कात्तिक । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नुभएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी...
लमजुङ, २७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई...
गण्डकी, २७ कात्तिक । बजेट अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका अवसरमा भएको भेटघाटका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले...
माडी २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगरकमिटिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम आज शुक्रवार माडीमा सम्पन्न भएको छ । सपथ ग्रहण समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य...
राममणि दाहाल हेटौँडा, २५ कात्तिक । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई...
कर्णाली, २५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि...
धनुषा, २५ कात्तिक । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ । प्रदेशभित्र मनाइने चाडपर्वमा...
माडी २४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् माडी नगर अधिवेशन सहजीकरण कार्यदलका संयोजक सरस्वती बिष्टले दिएको जानकारी अनुसार अधिकारको अध्यक्षतामा...
भरतपुर २४ कार्तिक । शैक्षिक, सामाजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गीय लेखनाथ घिमिरेको १९ औं स्मृति दिवशका अवसरमा लेखनाथ घिमिरे स्मृति दर्पण नामक पुस्तकको लोकार्पण गरिएको छ । लेखनाथ घिमिरे स्मृति दिवस आयोजक समितिद्वारा आज बुधबार आयोजित कार्यक्रममा स्मृति दर्पण...











