सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेश मन्त्रिमण्डल विस्तार हुँदै, दुई मन्त्री थप हुने


  •    न्युजभित्तो/२५ कार्तिक २०७८, बिहीबार १३:३२ 
  • राममणि दाहाल
    हेटौँडा, २५ कात्तिक । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्दै हुनुहुन्छ ।

    माओवादी केन्द्रका तर्फबाट शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र काँग्रेसका निमा लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुहुने काँग्रेसका एक प्रदेश सभाका सदस्यले जानकारी दिनुभयाे । मन्त्रीमा नियुक्तसँगै साँझ ५ बजे शपथग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनुभएका पाण्डेले पहिलो चरणमा चार सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।
    यसअघि कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी माेक्तानलाई सामाजिक विकास मन्त्रालय र कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

    मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय सम्हाल्दै आउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.