सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जनगणना राष्ट्रिय विकासको मेरुदण्ड’: मुख्यमन्त्री शाही


  •    न्युजभित्तो/२५ कार्तिक २०७८, बिहीबार १३:०८ 
  • कर्णाली, २५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गर्नुभयो ।

    जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाउनुभयो । उहाँले भन्नुभयो,“आजदेखि गणकहरु तपाईहरुको पूर्ण विवरण लिन घर–घरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवरण टिपाउनुहोस् । यसमा व्यक्तिले संस्कृतिदेखि प्रकृतिसम्मको विवरण उपलब्ध गराउनुपर्नेछ । विवरण कसैले नलुकाउनुस्, तपाईहरुलाई सोधिने व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ अनुसार गोप्य राखिने छ ।”

    मुलुक सङ्घीयता गएपछि पहिलो पटक आगामी मङ्सिर ९ गतेसम्म आयोजना हुने जनगणनामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश जनगणना अधिकारी पोमनारायण पौडेलसमक्ष आफ्नो पारिवारिक विवरण टिपाउनुभयो । जनगणना अधिकारी पौडेलले बढी बसोबास गर्ने ठाउँबाट घरमूलीमार्फत पूर्ण विवरण लिइने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.