सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले माडी नगर कमिटिको सपथ ग्रहण सम्पन्न


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार २०:३३ 
  • माडी २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगरकमिटिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम आज शुक्रवार माडीमा सम्पन्न भएको छ । सपथ ग्रहण समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले पार्टीको नीति र सिद्धान्तप्रति इमान्दार भएर जनताको सेवामा लाग्न नगर कमिटिलाई निर्देशन दिनभयो ।

    कार्यक्रममा नगर अधिवेशन सहजीकरण कार्यदलका संयोजक एवम् नेकपा एमाले वाग्मती प्रदेश कमिटि सदस्य सरस्वती बिष्टले विधानअनुसार नगर अध्यक्ष नारायणप्रसाद अधिकारीलार्इ सपथ गराउनुभएको थियो भने नगर अध्यक्षले उपाध्यक्ष, सचिव, उपसचिवसहित सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

    अधिवेशन सहजीकरण कार्यदलका संयोजक बिष्टको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा वाग्मती प्रदेशका माननीय कृष्ण भुर्तेल , नेकपा एमाले वाग्मती प्रदेश कमिटि सदस्य रामप्रसाद न्यौपाने, जिल्ला कमिटि सदस्य कमल रामदाम, क्षेत्रीय अध्यक्ष श्यामकुमार बिष्टले नवनिर्वाचित कमिटिलाई बधाई ज्ञापन गर्दै नेकपा एमालेलाई गतिशिल बनाएर जनताको घरदैलोमा पुर्याउन आग्रह गर्नुभएको थियो ।

    सपथ ग्रहण पश्चात बसेको नयाँ नगर कमिटिको पहिलो वैठकले नगर अभिवेशन सम्पन्न गर्न सहयोग गर्ने नगर अधिवेशन सहजीकरण कार्यदललगायत सम्पूर्ण सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गरेको छ । साथै नेकपा एमाले माडी नगर कमिटिका निवर्तमान अध्यक्ष रेशमलाल आचार्य र उहाँको नेतृत्वमा रहेको कमिटिप्रति हार्दिक आभार प्रकट गरेको छ ।

    यसैगरी नेकपा एमालेको १० औं महाधिवेशन सम्पन्न गराउनको लागि केन्द्रिय कमिटिलाई आवश्यक सहयोग गर्ने र उद्घाटन समारोहमा उपस्थिति बढाउन जनपरिचालन गर्ने निर्णय गरेको छ । साथै २७ गते प्रतिनिधि छनौट कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ ।

    धानबाली र भौतिक संरचनाको क्षतिपूर्ति माग
    वैठकले हालै माडीमा हात्तीले मानव बस्तीमा किसानहरुको खेती र भौतिक संरचना नष्ट गरेको कार्यप्रति दुःख व्यक्त गर्दै तत्काल हात्ती नियन्त्रण गरी उचित क्षतीपूर्ति उपलब्ध गराउन चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सरकारलाई आग्रह गरेको माडी नगर कमिटिका सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.