सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम


  •    न्युजभित्तो/२८ कार्तिक २०७८, आईतवार १६:५५ 
  • चितवन, २८ कात्तिक । कामना सेवा विकास बैंकको १५ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरी मनाईएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरुबाट विभिन्न ठाउँमा सामाजिक कार्य गरिएको हो ।

    बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार कात्तिक २२ गते हेटौंडा शाखाले बृद्धबृद्धालाई खाद्यान्न वितरण गरेको छ । हेटौंडा २ मा रहेको ओम बृद्धाश्रममा सात हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो ।

    कात्तिक २३ गते बैंकको शारदानगर शाखाले स्थानीय प्रहरी चौकीलाई टेबुल उपलब्ध गराएको छ । शाखाले एक थान टेबुल निःशुल्क उपलब्ध गराएको हो ।

    कात्तिक २४ गते कावासोती शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा ५२ जनाले रक्तदान गरेका थिए । यस्तै कात्तिक २६ गते खुरखुरे शाखले स्थानीय चोकहरुमा डस्टबिन वितरण गरेको छ । सो क्रममा पाँच थान डस्बिन र डस्विन राख्ने स्टिेण्ड वितरण गरियो ।

    बैंकका कर्मचारीले कात्तिक २७ गते वार्षिकोत्सवको दिन गैंडाकोटको मौलाकालिका मन्दिर परिसर र मन्दिर जाने बाटोको सरसफाई गरेका छन् । मौलाकालिका फेदीदेखि मन्दिरसम्म सडक र सडक किनारमा रहेका फोहोर संकलन गरिएको भण्डारीले जानकारी दिनुभयो । सरसफाई कार्यमा यस क्षेत्रका सम्पूर्ण शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    कामना सेवा विकास बैंकले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्य गर्दै आएको हो । बैंकका नारायणगढ क्षेत्र अन्तर्गत १४ वटा शाखा रहेको छन् । यस क्षेत्र अन्तर्गत हेटौंडादेखि चितवन र दाउन्ने पूर्वसम्मका शाखाहरु पर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्री गुरुङद्वारा राजीनामा घोषणा
    महेन्द्र राजमार्गमा सडक सुरक्षा कार्यक्रमः दुर्घटना न्यूनीकरणका लागि संरचना सुधार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    • मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
    • दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या
    • ‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’
    • गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.