सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लेखनाथ घिमिरे स्मृति दर्पण लोकार्पण


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार २०:१४ 
  • भरतपुर २४ कार्तिक । शैक्षिक, सामाजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गीय लेखनाथ घिमिरेको १९ औं स्मृति दिवशका अवसरमा लेखनाथ घिमिरे स्मृति दर्पण नामक पुस्तकको लोकार्पण गरिएको छ । लेखनाथ घिमिरे स्मृति दिवस आयोजक समितिद्वारा आज बुधबार आयोजित कार्यक्रममा स्मृति दर्पण पुस्तक लोकार्पण गरिएको हो ।

    स्मृति दर्पण लोकार्पण गर्दै शिक्षाविद् एवम् समाजसेवी भुवानीप्रसाद पौडेलले लेखनाथ घिमिरेको भौतिक शरीर नरहेपनि उहाँले गरेका योगदानका कारण जीवन्त रहिरहनुभएको बताउनुभयो । लेखनाथ घिमिरे स्मृति दर्पण लोकार्पण कार्यक्रमका संयोजक पीताम्बर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले लेखनाथ घिमिरेले देखाएको बाटोमा अगाडि बढ्न सकेमा सामाजिक परिवर्तन गर्न सकिने बताउनुभएको थियो ।

    लेखनाथ घिमिरे स्मृति दर्पणका सम्पादक रविकिरण निर्जीवले सञ्चालन गर्नुभएको कार्यक्रममा भरतपुर २२ का वडा सदस्य सोमबहादुर गुरुङ, स्वर्गीय लेखनाथकी जीवनसङ्गीनी सीता घिमिरे, साहित्यकार देवराज पौडेल, मेघनाथ सापकोटा लगायतले लेखनाथ घिमिरेले समाजमा गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

    स्मृति दर्पण पुस्तकमा पीताम्बर पौडेल, कृष्णप्रसाद पण्डित, रविकिरण निर्जीव, हरिविनय घिमिरे, भुवानीप्रसाद पौडेल, देवराज पौडेल, धर्मराज आचार्य, मेघनाथ सापकोटा, पद्मराज घिमिरेको स्मृति लेख सङ्ग्रहित रहेका छन् ।

    २०९९ साल भाद्र १९ गते तनहुँमा जन्मेका लेखनाथ घिमिरेको २०६० कार्तिक २४ गते निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.