सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री पोखरेलको निर्देशन


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १५:५१ 
  • लमजुङ, २७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि सुझाव दिनुभयो ।
    मन्त्री पोखरेलले लमजुङमा रहेका बाढीपहिरापीडित, भूकम्पपीडितका समस्यालगायत जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना सङ्क्रमण न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्राथमिकथा दिने बताउनुभयो ।

    प्रदेशकै जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लाको समस्या समाधान गर्न लागिपर्नेमा जोड दिनुभयोे । जिल्लामा निर्माणाधीन रहेको पिसिआर भवनका लागि करिब रु ५० लाख आवश्यक रहेको र यसका लागि प्रदेश सकारले सहयोग गर्न स्वास्थ्य कार्यालयका प्रमुख अमर दबाडीले मुख्यमन्त्रीसँग अनुरोध गर्नुभयो । कार्यक्रममा प्रदेशका बिनाविभागीय मन्त्री टोबाटे विक, प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलगायत जिल्लाका सरकारी कार्यालय प्रमुख तथा कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.