चितवन सेरोफेरो

इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण
-न्युजभित्तो

मुग्लिन,२२ चैत। चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने,...

किराना व्यवसायीको गुनासो : गल्ती सानो, जरिवाना ठूलो !
-न्युजभित्तो

भरतपुर,२२ चैत्र । चितवनका किराना व्यवसायीहरुले ससाना गल्तीहरुमा ठूलो जरिवाना लगाउने काम भइरहेको गुनासो गरेका छन् । किराना व्यवसायी संघ चितवनको १०औँ साधारण सभा तथा अधिवेशनमा व्यवसायीहरुले सरकारी संयन्त्रहरुले किराना व्यवसायीको सानो गल्तीमा पनि धैरै जरिवाना लगाउने काम भइरहेको...

चितवनका सातै पालिकामा गठबन्धन ! संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने
-न्युजभित्तो

भरतपुर,२२ चैत्र। चितवनमा हाल सरकारमा रहेका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नै गर्ने गरी निर्णय गरेका छन् । सोमबार नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनमा रहेका दलहरुको जिल्लास्तरीय बैठकले जिल्लाका सातवटै पालिका र जिल्ला समन्वय...

भरतपुरको मेयर नछाड्ने काँग्रेसको निर्णय, अब के गर्छिन् रेणु दाहाल ?
-न्युजभित्तो

काठमाडौँ,२१ चैत। काठमाडौं । आइतबार बसेको नेपाली काँग्रेसको चितवन जिल्ला कार्य समिति बैठकले भरतपुर महानगरपालिका मेयर पद नछोड्ने निर्णय गरेपछि यहाँको राजनीति सघन बनेको छ । काँग्रेसले मेयरमा आफ्नो दाबी नछाड्ने निर्णय गरेसँगै अब वर्तमान मेयर रेनु दाहालले के...

चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु
-न्युजभित्तो

रत्ननगर,२१ चैत्र। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको...

भरतपुरको आँपटारीमा राजमार्गको नाली सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु
-न्युजभित्तो

चितवन, २० चैत । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा आज नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं. ५ का ५५...

सिटिजन्स बैंक र एनपीआईबीच समझदारी, सिटिजन्सका कार्ड बाहकलाई १० प्रतिशत छुट
-न्युजभित्तो

चितवन, चैत २०। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल चितवनबीच सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई १०%छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले एनपीआईका सबै सेवा सुविधामा १०% छुट पाउने छन्...

नेपाल नेत्रज्योति संघ चितवन शाखाको साधारण सभा सम्पन्न
-न्युजभित्तो

चितवन, १९ चैत । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २२ औँ साधारण सभा आज शनिबार भरतपुरमा सम्पन्न भयो । संघले भरतपुर आँखा अस्पतालका कर्मचारी, अस्पताल र संघलाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो...

इन्धन अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पमा सवारीको लामो लाईन (फोटोफिचर)
-न्युजभित्तो

चितवन, १८ चैत । इन्धनको अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पहरुमा शुक्रबार साँझ अबेरसम्म लामो लाईन लागेको छ । ढुवानी व्यवसायीले आफ्ना माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि अभाव हुने चिन्ताले पेट्रोल पम्पहरुमा लामो लाईन लागेको...

चितवनमा पहिलो पटक साइकल म्याराथन हुने
-न्युजभित्तो

काठमाडौं,१८ चैत्र । चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको...