सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको किसान दानाको ११ औं अण्डा डिपो ओखलढुंगामा


  •    न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार ०८:२५ 
  • चितवन, १४ वैशाख । चितवनको किसान दाना उद्योगले आफ्नो ११ औँ अण्डा डिपो ओखलढुंगामा संचालनमा ल्याएको छ । डिपोको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

    डिपोको उद्योग वाणिज्य संघ ओखलढुंगाका उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले पहाडी जिल्लासम्म आफ्नो बजार विस्तार गर्दै आएकोमा किसान दानालाई धन्यवाद दिनुभयो । सर्वसुलभ रुपमा ताजा अण्डा ओखलढुंगावासीले उपभोग गर्न पाउनु भन्दै उहाँले खुशी प्रकट गर्नुभयो ।

    कार्यक्रममा उद्योगका अध्यक्ष रघुनाथ भट्टले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरेको बताउनुभयो । डिपो मार्फत् सस्तो र गुणस्तरीय अण्डा उपभोक्तालाई दिन सकिने उहाँको भनाई छ । उत्पादक र उपभोक्ताकोबीचमा धेरै तह पार गर्नु पर्ने अवस्थाको अब अन्त्य हुने उहाँले बताउनुभयो ।

    किसान दाना उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलकाले फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको बताउनुभयो । यो सहित देशका विभिन्न शहरमा ११ डिपो सञ्चालन ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशका प्रमुख शहरमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि क्रमशः डिपोबाट बिक्री गर्ने अण्डा सस्तो र ताजा हुने उद्योगले जनाएको छ ।

    चितवनमा रहेको किसान दाना उद्योग प्रालिले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधैँ पु¥याउन सुरु गरेको हो । समूहले आफ्नै बिक्री डिपोमार्फत बिक्री गर्ने भएपछि विभिन्न तहमा दिनुपर्ने कमिशन बचत हुने र उपभोक्ताले भविष्यमा सस्तोमा ताजा अण्डा उपभोग गर्न पाउने भएका हुन् । सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा झण्डै तीन लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक २ लाख ३२ हजार वटाभन्दा बढी अण्डा उत्पादन हुन्छ । त्यति नै मात्रामा किसानबाट सङ्कलन हुने गरेको छ । यो संख्या बढ्ने उद्योगले जनाएको छ ।

    हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ । उद्योगका निर्देशक विपिन पोखरेलका अनुसार उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरी र पोखरामा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । बाह« साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दरमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।”

    नेपालमा नै सबैभन्दा बढी अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउने छ । यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ । पोखरेलका अनुसार अण्डा उत्पादन, संकलन, मल उत्पादन, मेस दाना (काँचो दाना) उत्पादनमा यो उद्योग नेपालको अग्रणी हो ।

    निर्देशक द्रोण लामिछानेका अनुसार यही समूहले संचालन गरेको भेटेनरी पसलले किसानहरुलाई सर्वसुलभ रुपमा औषधि उपलब्ध गराउँदै आएकोछ । नेपालमा नै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य लिएको यस समूहले हाल करिब तीन लाख कुखुरा पालेको । आठ लाख पु¥याउने तयारी गरेको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

    उद्योगले ‘ह्याप्पी एग’ नामबाट ‘ब्राण्डिङ’ गरी आकर्षक प्याकिङ्मा बिक्री गर्दै आएको छ । उद्योग अन्तर्गतको किसान एग्रोको मल उत्पादन हेर्दै आउनु भएका सुरेन्द्र रेग्मीका अनुसार उत्पादित मल पु¥याउन कठिन भएको छ । उच्च गुणस्तरको भएकाले किसानको माग उच्च छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.