चितवन सेरोफेरो

चितवन कांग्रेसका टोलीले केन्द्रीय नेतालाई भन्यो– तालमेल गर्छाैं, महानगर प्रमुख छाड्दैनौँ
-न्युजभित्तो

भरतपुर,२५ चैत्र । नेपाली कांग्रेस चितवनका सभापतिसहितको टोलीले बिहीबार केन्द्रीय पदाधिकारीका नेताहरुसँग भेट गरेको छ । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार कांग्रेसको हुने गरी चुनावी तालमेल गर्नुपर्ने भन्दै दबाबका लागि चितवनका नेताहरु काठमाडौँ पुगेका हुन् । उनीहरुले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का,...

कांग्रेस चितवनले रामचन्द्र पौडेललाई बुझायो जिल्लाको निर्णय, भरतपुरको मेयर नछाड्ने अडान
-न्युजभित्तो

चितवन, चैत २४ । सत्तागठबन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेसंगै नेपाली कांग्रेस चितवनले भरतपुरको मेयर आफूले आफूले पाउनु पर्ने अडानलाई केन्द्रसम्म पुर्‍याएको छ । आज जिल्ला नेतृत्वको टोली आज काठमाडौँ पुगेर कांग्रेसका वरिष्ठ नेता...

उज्यालो टाईम्सको शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचन
-न्युजभित्तो

चितवन, २४ चैत । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नववर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रम हिजो सम्पन्न गरेको छ । प्रालिले २०७९ सालको नयाँ क्यालेन्डर विमोचन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ...

यसरी विकास भयो चितवनको स्वास्थ्य सेवा
-न्युजभित्तो

तिलक रिमाल चितवन, २४ चैत । बि.सं. २०१० ताका चितवन घना जंगल र झाडी थियो । मानव वस्ती न्यून रहेको त्यस समयमा अधिक गर्मी र लामखुट्टे, विषालु सर्प, बाघ, भालु, हात्ती गैंडा जस्ता जंगली जनावरको डर त्यति नै थियो ।...

वडाध्यक्षलाई दुर्व्यवहार गर्ने ५० हजार धरौटीमा छुटे
-न्युजभित्तो

चितवन, २३ चैत । कालिका नगरपालिका वडा न. ३ को जननिर्बाचित वडा अध्यक्ष ५२ वर्षका टिकाराज रिजाललाई अपमानजनक व्यवहार गरेको आरोप लागेका २ जना जनही ५० हजार धरौटीमा छुटेका छन्। मंगलबार चितवन अदालतको आदेशले उनीहरु धरौटीमा छुटेका हुन्। फागुन २३ गते...

इच्छाकामनाका बाख्रापालक किसानलाई अनुदान
-न्युजभित्तो

मुग्लिन २३ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ। किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्‍याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो। मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी...

नयाँ लाइसेन्सबाहेक यातायातका सबै सेवा चितवनबाटै
-न्युजभित्तो

भरतपुर,२३ चैत्र । नयाँ लाइसेन्सबाहेक यातायातका सम्पूर्ण सेवा चितवन जिल्लाबाटै भइरहेका छन् । यातायात सेवा कार्यालय भरतपुरले ९९ प्रतिशत सेवा चितवनबाटै भइरहेको जनाएको छ । यातायात सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले नयाँ लाइसेन्स दिलाउने कामबाहेक अरु सबै काम भइरहेको...

अध्यक्ष पुष्पकमल दाहाल आज चितवन आउँदै
-न्युजभित्तो

चितवन, चैत २३-पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ...

इन्सुलेटर फेल हुँदा दुर्घटना : विद्युत् प्राधिकरण
-न्युजभित्तो

भरतपुर,२३ चैत्र। इन्सुलेटर फेल हुँदा सडक सफाइ मजदुरको करेन्ट लागी मृत्यु भएको विद्युत् प्राधिकरणले जनाएको छ । इन्सुलेटर फेल हुँदा अत्यधिक विद्युत् अकस्मात् प्रवाह भएको र त्यसका कारण तार छिनेको प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।...

वैशाख २ गते चितवनमा राप्रपाको वृहत आमसभा : लिङदेन, पाण्डे, शाही र थापाले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले आगामी वैशाख २ गते भरतपुरमा बृहत आमसभा गर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी सभा गर्न लागिएको हो । भरतपुरको केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क)...