सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामनामा एमाले उम्मेदवार निर्विरोध


  •    न्युजभित्तो/१३ बैशाख २०७९, मंगलवार १६:०७ 
  • चितवन,१३ बैशाख – चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले विजयी सुरुआत गरेको हो ।

    स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् । ।

    त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार हुन् । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुनुले निर्वाचनमा थप हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.